- योमरी विशेष चामलको पिठोबाट बनाइएको परिकार हो ।
पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयले शनिबार पोखराको पुरानो बजार गणेशटोल क्षेत्रमा नेवारी खानाहरुको परिकार चिनाउन यःमरी मेलाको आयोजना गर्दैछ ।
त्यस मेलाको आकर्षणको रुपमा नेवारी समुदायको महत्त्वपूर्ण खानाको रूपमा रहेको यःमरी रहनेछ ।
योमरी विशेष चामलको पिठोबाट बनाइएको परिकार हो । विभिन्न आकृतिमा भित्र चाकु, खुवा राखेर यःमरी बनाइन्छ । खासगरी जाडो महिनामा चिसोबाट बच्नको लागि यःमरी खाने गरिन्छ ।
‘नेवाः संस्कृतिको पहिचानलाई जगेर्ना गर्दै आन्तरिक पर्यटन संरक्षणसँग जोड्न मेला आयोजना गर्न लागेका हौँ,’ वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘सुन्दा यःमरीलाई नेवार समुदायसँग जोडिन्छ । तर हामीले साझा चाडको रूपमा मनाउन लागेका हौँ ।’
नेवाः खलः कास्कीका अध्यक्ष अधोक पालिखेले राम्रोसंग सुचारु हुनसक्ने अवस्था सिर्जना भएमा यःमरी लगायतका नेवारी खाना काहने रेस्टुराँ संचालन गर्न सकिने बताए।
यसैबीच यःमरी मेलाकोपूर्व तयारीका रुपमा आज पोखरामा एक प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’